२०८३ बैशाख २४ गते , विहीबार

हल्दीबारीबाट अवैध गोलियाका काठसहित ट्याक्टर नियन्त्रणमा

sajilo news
झापा
२०८० बैशाख २० गते , बुधबार
हल्दीबारीबाट अवैध गोलियाका काठसहित ट्याक्टर नियन्त्रणमा

झापा । झापाको हल्दीबारीबाट प्रहरीले ६ थान अवैध गोलियाका काठसहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हल्दीबारी गाउँपालिका- ४ स्थित मंगलबारेमा नम्बर प्लेट नभएको ट्याक्टरमा सखुवाको गोलिया काठ लोड गरी लैजाँदै गरेको अवस्थामा शंका लागेर रोकेका थिए। प्रहरीलाई देख्न साथ चालक काठसहित ट्याक्टर छाडेर भागेका थिए। 

यता बरामद गरिएको ६ थान सखुवा जातको गोलिया काठसहित ट्याक्टर जिल्ला डिभिजन वन कार्यालय झापा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। पछिल्लो समयमा जलथल जंगलमा काठ तस्करी मौलाएसँगै प्रहरीले त्यस क्षेत्रमा निगरानी बढाएको डीएसपी रिजालको भनाइ छ।

सम्बन्धित समाचार