२०८३ बैशाख ९ गते , बुधबार

सामाजिक सुरक्षा कोषमा बहत्तर हजार वैदेशिक श्रमिक आबद्ध

sajilo news
पत्रपत्रिका
२०८० बैशाख १८ गते , सोमबार
सामाजिक सुरक्षा कोषमा बहत्तर हजार वैदेशिक श्रमिक आबद्ध

सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोइन सुरु गरेको एक महिनामा ७२ हजार ३२३ श्रमिक सूचीकरण भएका छन् । वैदेशिक रोजगारी र विदेशमा स्वरोजगार रहेका नेपालीलाई चैत ८ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गर्न सुरु गरिएको थियो ।

सामाजिक सुरक्षा कोषका सहप्रवक्ता रोहित रेग्मीले वैशाख १७ सम्म वैदेशिक रोजगारीमा जाने बा गएका ७२ हजार ३९६ जना योजनामा आबद्ध भएको जानकारी दिए । सो अवधिका विदेश जानेबाट कोषमा लगभग ११ करोड रुपियाँ जम्मा भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिब एवं सामाजिक सुरक्षा कोषका बोर्ड अध्यक्ष एकनारायण अर्यालले वैदेशिक रोजगारीमा गएका, जाने तयारीमा रहेका तथा विदेशमा स्वरोजगार रहेका नेपालीको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाना उत्साहजनक सहभागिता भएको बताउनुभयो। कोषमा सूचीकरण भएकामध्ये अधिकांश बैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिन आवेदन दिएका श्रमिक छन्।
सरकारले औपचारिक क्षेत्रका श्रमिक मात्रै योजनामा समावेश गर्दै आएकोमा नै पहिलो साताबाट वैदेशिक रोजगारीमा रहेका सबै श्रमिकलाई योजनामा सामेल गराउन सुरु गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित समाचार