२०८३ बैशाख २४ गते , विहीबार
झापामा लागूऔषध मुद्दाका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ
झापामा लागू औषध मुद्दामा फरार एक प्रतिवादी ९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका- १० बस्ने ३१ वर्षीय शिवकुमार सोरेन रहेका छन् । झापा जिल्ला अदालतको २०७१ चैत १९ गतेको फैसला अनुसार लागू औषध मुद्दामा उनलाई २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
फरार रहेका सोरेनलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको हो । उनलाई झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।