२०८३ बैशाख २४ गते , विहीबार

झापामा खैरो हेरोइनसहित तीन जना पक्राउ

sajilo news
झापा
२०८० बैशाख १५ गते , शुक्रबार
झापामा खैरो हेरोइनसहित तीन जना पक्राउ

झापामा प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् ।  बिहीबार साँझ इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका ५ मा भारतबाट नेपाल तर्फ आउँदै गरेका तीन जनालाई लागु औषधसहित पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा नुवाकोट तार्केश्वर गाउँपालिका ३ बस्ने ३० वर्षका सविन परियार, सिन्धुली दुधौली नगरपालिका ११ बस्ने ३० वर्षाका खड्ग सुनुवार र झापा मेचीनगर नगरपालिका ५ बद्रीटोल बस्ने २३ वर्षाका विक्रम दनुवार रहेका छन् । 

उनीहरूको साथबाट लागू औषध खैरो हेरोइन ७० ग्राम फेला परेको छ ।  उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान  सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

सम्बन्धित समाचार