२०८० मंसीर १६ गते , शनिबार

बिर्तामोडका दुग्ध किसानलाई विभिन्न प्रकारका सामाग्री वितरण

sajilo news
झापा
२०८० बैशाख १४ गते , विहीबार
बिर्तामोडका दुग्ध किसानलाई विभिन्न प्रकारका सामाग्री वितरण

झापा । बिर्तामोड नगरपालिकाले दुग्ध किसानहरूलाई विभिन्न प्रकारका सामाग्री वितरण गरेको छ ।आज बिहीबार आयोजित एक कार्यक्रमका बिच नगरपालिकाले चिलिङ्ग भ्याट, आल्मुनियमको मिल्क क्यान र दाना पिश्ने मेशिन वितरण गरेको हो ।

पशुपन्छी तथा मत्स्य विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रम २०७९÷०८० अनुसार चिलिङ्ग भ्याट ३ जना, मिल्क क्यान ९ जना र दाना पिश्ने मेशिन ५ वटा समूहलाई वितरण गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईँ, उप–प्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौला लगायत वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरूले सामाग्री हस्तान्तरण गरेका थिए । मिल्क क्यान ९ जनालाई २÷२ वटाका दरले १८ वटा वितरण गरिएको हो ।

चिलिङ्ग भ्याट पाउनेमा बिना अधिकारी, तारा बुढाथोकी, खेम प्रसाद अधिकारी  र मिल्क क्यान पाउनेमा कर्ण नैना  दुग्ध डेरी उद्योग, देवी प्रसाद तिम्सिना, सुबोध ढुङ्गेल, प्रेम प्रसाद बराल, पुण्यप्रसाद अधिकारी, खेमप्रसाद अधिकारी, घनश्याम बराल, शारदा शाह, दलबहादुर घिमिरे रहेका छन् । 

यस्तै बङ्गुर तथा बाख्राको दाना पिसाउने मेशिन प्राप्त गर्नेहरूमा  मौसमी कृषि तथा पशुपालन समूह, बुङ्गचे पशुपालन तथा कृषि फर्म, विवेक बाख्रा फर्म, सन्देश महिला बङ्गुर पालन कृषक समूह र समावेशी बहुउद्देश्यीय कृषि फर्म रहेका छन् ।

चिलिङ्ग भ्याट र दाना पिसाउने मेशिनमा ५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशत कृषकको लगानी रहेको पशुपन्छी मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन । मिल्क क्यानमा भने नगरको शतप्रतिशत अनुदान रहेको छ ।

चिलिङ्ग भ्याटको कुल लागत ३ वटाको ७ लाख ३५ हजार, दाना पिसाउने मेशिन ५ वटाको १ लाख ९० हजार र मिल्क क्यानको २ लाख रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ । 

सामाग्री वितरण कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर १का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ७ का कृष्ण अविरल खरेल, वडा नम्बर १०का दुर्योधन गुरुङ, नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायत कार्यपालिका सदस्यहरूको पनि सहभागिता रहेको थियो ।

 

सम्बन्धित समाचार