२०८३ बैशाख २४ गते , विहीबार

विद्यालयभित्र छात्रालाई सामूहिक रुपमा कुटपिटमा गर्ने १३ छात्रा पक्राउ

sajilo news
झापा
२०८० बैशाख १३ गते , बुधबार
विद्यालयभित्र छात्रालाई सामूहिक रुपमा कुटपिटमा गर्ने १३ छात्रा पक्राउ

मोरङको मिक्लाजुङ गाउँपालिका- ३ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १४ बर्षीया बालिकालाई विद्यालय भित्र नै कुटपिट गरेको आरोपमा १३ जना छात्रालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ६ गते उनीहरूले सङ्गठित रुपमा बालिकालाई कुटपिट गरेको र भिडियो समेत बनाई सामाजिक सञ्जालमा पोस्ट गरेको सूचना प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बैशाख ११ गते पक्राउ गरेको हो । पक्राउ परेका बालिकाहरूलाई  मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनामा घाइते भएकी बालिकाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार