२०८३ बैशाख २४ गते , विहीबार

गौरादहमा बालिका बलात्कारको मुद्दा गाउँमै मिलाउन दबाब दिएपछि...

sajilo news
झापा
२०८० बैशाख ११ गते , सोमबार
गौरादहमा बालिका बलात्कारको मुद्दा गाउँमै मिलाउन दबाब दिएपछि...

झापा गौरादहकी एक बालिकाको बलात्कारको मुद्दा गाउँमै मिलाउन दबाब आएपछि मानव अधिकार झापा सञ्जालको टोलीले अनुगमन गरेको छ ।

आफूलाई अन्दाजी २४ वर्षीय प्रशान्त भट्टराईले डर तथा धम्की दिई पटक–पटक बलात्कार गरेको पीडित ६ वर्षिया बालिकाले बताएकी छिन् । अर्काको जग्गामा अधिया गरी बसेका सो परिवारलाई सामान्य पैसाको लेनदेन गरी मिलाउन धेरै पटक दबाब दिएको बुझिएको छ ।आरोपितका आफन्त ठुलो बुवाले समेत मेलमिलाप गर्न धेरै पटक दबाब दिएको पीडित बालिकाकी आमाले बताइन् ।

सुरुमा पीडित बालिकाको परिवार उजुरी गर्न वडा कार्यालय गएका थिए । त्यसपछि नजिकको प्रहरी कार्यालयपश्चात् इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएका थिए । जाहेरी परेकै दिन प्रादेशिक अस्पतालमा घाउ जाँचको लागि प्रहरीले लगेको थियो । पीडित परिवारले घटना भएको भोलिपल्ट चैत्र २६ गते किटानी जाहेरी दिएका हुन् ।

अनुगमनमा मानव अधिकारकर्मीको टोली जाँदा बालिका अझै डराउने गरेको, बालिकाको परिवार समेत उक्त स्थानबाट पलायन परिन्छ कि भन्ने डरमा रहेको पाइएको मानव अधिकार सञ्जालका सहसचिव दीपक दासले बताए । अनुगमनमा प्राडा रूपक खनाल ,दीपक दास ,कुमार चुँडाल र मिरा भट्टराई संलग्न रहेका थिए । अनुगमन टोलीले स्थानीय प्रहरी चौकीका प्रमुखलाई समेत भेट गरी सो घटनाको जानकारी लिएको थियो ।

सम्बन्धित समाचार