२०८३ बैशाख २४ गते , विहीबार

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी भद्रपुरबाट पक्राउ

sajilo news
झापा
२०८० बैशाख ८ गते , शुक्रबार
वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी भद्रपुरबाट पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दामा फरार एक प्रतिवादी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका ४ बस्ने ४१ वर्षीय पूर्णकुमार दाहाल रहेका छन् ।

भद्रपुर नगरपालिका- ५ मा लुकीछिपी हिँडडुल गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो उनलाई पक्राउ गरेको हो । वैदेशिक रोजगार ठगी मुद्दामा वीरेन्द्रलाल श्रेष्ठले उनीमाथि जाहेरी दिएका थिए ।

दाहाललाई आवश्यक कारबाहीको लागि आज वैदेशिक रोजगार विभाग बुद्ध नगर काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

सम्बन्धित समाचार