२०८३ बैशाख २४ गते , विहीबार

झापाको गौरादहमा एक महिलाको रहस्यमय मृत्यु

sajilo news
झापा
२०८० बैशाख ३ गते , आईतबार
झापाको गौरादहमा एक महिलाको रहस्यमय मृत्यु

झापाको गौरादहमा एक महिलाको रहस्यमय मृत्यु भएको छ। गौरादह -१ स्थित नवदुर्गा पेट्रोल पम्पनजिक दुर्गा प्रसाईँकी श्रीमती सुमित्रा प्रसाईँले शनिवार साँझ झुन्डिएर आत्महत्या गरेको परिवारले बताएको छ।

इलाका प्रहरी कार्यालय गौरादहका प्रमुख चन्द्रिकाकुमार श्रेष्ठले घटना आत्महत्या हुनसक्ने भए पनि त्यसै यकिन भन्न नसकिने बताए। मृतकले आफ्नै कोठामा गलामा पासो लगाएर झुन्डिएको परिवारले बताए पनि प्रहरी पुग्दा पासो काटिएको अवस्थामा रहेको उनको भनाई छ।

आफूहरूले मृतकलाई गलाको पासो काटिएको अवस्थामा फेला पारेर घटनाको बारेमा इलाका प्रहरी कार्यालय दमकलाई खबर गरेको र त्यहाँको टोलीले प्रारम्भिक अनुसन्धान गरेको श्रेष्ठले बताए।

इलाका प्रहरी कार्यालय दमकले घटना आत्महत्या हुनसक्ने तर पोस्टमार्टम रिपोर्ट नआई केही भन्न नसकिने जानकारी दिएको छ। स्पोर्टको प्रारम्भिक अनुसन्धान र परिवार , मृतकका दुईजना भाइहरू समेतको सोधपुछमा घटना आत्महत्या हुनसक्ने भए पनि फरेन्सिक जाँच गरेपछि मात्र घटनाको सत्य तथ्य आउने र अहिले अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार