२०८३ बैशाख २४ गते , विहीबार
बालुवाटारमा गोली चल्यो, वर्षमान पुनकी आमा घाइते
भीआईपी सुरक्षामा खटिएका एक प्रहरीले बालुवाटारमा गोली चलाएका छन्। शुक्रबार राति सुरक्षाकर्मीको गोली लागेर माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनकी आमा तीर्थमाली पुन घाइते भएकी छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एक प्रहरी अधिकृतका अनुसार खुट्टामा गोली लागेकी पुनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
उनका अनुसार गोली चलाउने सहायक हवलदार प्रकाश पुनमगर प्रहरीलाई नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालयमा लगिएको छ। उनीमाथि अनुसन्धान जारी रहेको छ। रोल्पाका उनी तीर्थमालीको नातेदार हुन्।