२०८३ बैशाख २३ गते , बुधबार

हिमाली क्षेत्रमा बाक्लो हिँउ जम्न छाडे, पोखरी थपिए

sajilo news
पत्रपत्रिका
२०८० बैशाख २ गते , शनिबार
हिमाली क्षेत्रमा बाक्लो हिँउ जम्न छाडे, पोखरी थपिए

काठमाडौँ । हिमालका आधार शिविर आसपासका क्षेत्रमा केही समययता पोखरी देखिन थालेका छन्। ती क्षेत्रमा पहिलेजस्तो बाक्लो हिउँ जम्न छाडेको छ । हिउँले सेताम्य हुने पहाड काला देखिने गरेका छन् । सगरमाथा आरोहणमा सघाउँदै गर्दा अविरल राईले सन् २०१७ देखि २०२२ सम्म खिचेका सगरमाथा आधार शिविरका तस्बिरको तुलनात्मक अध्ययन गर्दा पनि ती क्षेत्रमा अब पहिलेजस्तो बाक्लो हिउँ देख्न पाइँदैन ।

हिमाल र हिउँबारे अध्ययन गर्नुभएका प्राध्यापक डा. सुदीप ठकुरीले बढ्दो तापक्रमसँगै जलवायु परिवर्तनको असरले सगरमाथालगायतका हिमालबाट हिउँ रित्तिन थालेकाले पनि आधार शिविरमा पोखरी देखिन थालेको तर्क गरे । उनले भने, ‘कतिपय खाँचमा पहिले ठूला हिउँका ढिक्का जमेर ढुङ्गा जस्तै भेटिन्थे तर अहिले ती खाँचमा पनि हिउँ पग्लेर बग्न थालेको देखिन्छ।’ उनीसहितको टोलीले उच्च हिमाली क्षेत्रको तापक्रम नाप्ने स्टेसनको अध्ययन पाँच वर्षको अवधिमा गरेको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार