२०८३ बैशाख २४ गते , विहीबार

मेची पुलबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ

sajilo news
झापा
२०७९ चैत्र ३० गते , विहीबार
मेची पुलबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ

मेचीनगर । प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित मेचीनगरका दुई युवक पक्राउ परेका छन् । बिहीबार बिहान साढे १० बजेको समयमा इलाका प्रहरी कार्यालय र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्रीहरु मेचीनगर नगरपालिका- ८ बस्ने २७ वर्षीय अजय मेचे र सोही ठाउँ बस्ने २८ वर्षीय श्यामबहादुर दर्जीलाई शङ्का लागेर चेकजाँच गर्दा मेचेको साथबाट २ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार