२०८३ बैशाख २४ गते , विहीबार

झापामा बहुविवाह मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

sajilo news
झापा
२०७९ चैत्र २८ गते , मंगलबार
झापामा बहुविवाह मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

झापामा बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका- १० का ३७ वर्षीय मोहन शमशेर योङहाङ र २७ वर्षीया पूजन सेलिङ अधिकारी रहेका छन् ।

झापा जिल्ला अदालतको २०७९ असार २० गतेको फैसला अनुसार बहुविवाह मुद्दामा मोहनलाई १५ महिना कैद र २५ हजार जरिवाना, त्यस्तै पूजनलाई १३ महिना कैद र १५ हजार जरिवाना तोकिएको थियो ।

फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको हो । मङ्गलवार झापा जिल्ला अदालतमा उपस्थित गराई दुवैलाई कैद भुक्तानको लागि झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार