२०८० मंसीर १६ गते , शनिबार

गहुँ आयात अनुमति दिनका लागि भारतलाई पत्राचार

sajilo news
पत्रपत्रिका
२०७९ चैत्र २७ गते , सोमबार
गहुँ आयात अनुमति दिनका लागि भारतलाई पत्राचार

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन लाख मेट्रिक टन गहुँ आयात अनुमति दिनका लागि भारतलाई पत्राचार गरेको छ । बजारमा आपूर्ति व्यवस्था सहज बनाउन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत तीन लाख मेट्रिक टन गहुँ उपलब्ध गराउन पत्राचार गरेको हो  ।  

स्थानीय  उत्पादनले  बजार  माग  धान्न  नसक्दा थप परिणाममा गहुँ आयात गर्न पत्राचार गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयकी  सहायक  प्रवक्ता  उर्मिला  केसीले तीन लाख मेट्रिक टन गहुँ आयातका लागि इजाजतपत्र खुला गर्न पत्राचार गरिएको जानकारी दिइन् । “बजारमा गहुँको अभाव हुन नदिनका लागि भारत सरकारलाई परराष्ट्रमार्फत पत्राचार गरेको छौँ,” उनले भनिन्, “प्रक्रिया गर्दा समय लाग्ने हुँदा आगामी आर्थिक वर्षका लागि माग गरिएको हो ।”

रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सुरक्षामा सङ्कटको सङ्केत देखिएपछि गत ३० वैशाखमा भारतले आफ्नो मुलुकको खाद्य सुरक्षालाई  ध्यानमा  राख्दै  नेपाललगायतका  मुलुकमा गहुँ निर्यात प्रतिबन्ध लगाएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार