२०८३ बैशाख २३ गते , बुधबार

ईपीएसमार्फत कोरिया जानेको कोटा बढ्यो

sajilo news
पत्रपत्रिका
२०७९ फाल्गुन १८ गते , विहीबार
ईपीएसमार्फत कोरिया जानेको कोटा बढ्यो

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन्  ।  आकर्षक  श्रम  गन्तव्य  देश  बनेको  दक्षिण  कोरियाले यही फेब्रुअरीदेखि प्रत्येक महिना दुई हजार नेपाली युवा कोरिया लैजान थालेको हो ।

वैदेशिक  रोजगार  विभागअन्तर्गत  ईपीएस  कोरिया शाखाका अनुसार सन् २०२३ मा २२ हजार नेपाली युवा ईपीएसमार्फत दक्षिण कोरिया पठाउने गरी काम भइरहेको छ । पछिल्लो पटक दक्षिण कोरिया सरकारको  मानव  संसाधन  विभाग  (एचआरडी)ले  श्रमिक आपूर्तिबारे केही नीति परिवर्तन गर्दै जुन देशले छिटो श्रमिक पठाउन सक्छ त्यही देशलाई बढी कोटा दिने नीति लिएको छ । 

ईपीएस  कोरिया  शाखाका  निर्देशक  पुष्पराज  कुटुवालले दक्षिण कोरिया सरकारले तोकेका प्रक्रिया पूरा गरेर छिटो र छरितो रूपमा श्रमिक पठाउन ईपीएस शाखा सफल भएकाले यस पटक नेपालले बढी कोटा प्राप्त गरेको जानकारी दिए। उनले भने, “नेपालबाट  ईपीएसमार्फत  कोरिया  जाने  श्रमिक  छनोट  प्रक्रिया  पारदर्शी  छ,  एचआरडीले  तोकेको  मापदण्डअनुसार  छिटो  श्रमिक  तयार  गर्न  सकेका  छौँ । त्यसैले यो वर्ष दक्षिण कोरियाले नेपालबाट बढी श्रमिक लिन थालेको छ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार