२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुर झापा गोल्डकप : आज त्रिभुवन आर्मी र भुटान भिड्दै

sajilo news
झापा
२०७९ फाल्गुन ११ गते , विहीबार
भद्रपुर झापा गोल्डकप : आज त्रिभुवन आर्मी र भुटान भिड्दै

भद्रपुर । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपमा आज त्रिभुवन आर्मी क्बल र डुक ल्यायुल एफसी भुटानबीच प्रतिस्पर्धा हुँदैछ । भद्रपुर नगरपालिकाको संरक्षणमा मेची रंगशालामा जारी प्रतियोगितामा विभागीय टोली आर्मी र पाहुना टोली भुटानबीच आज दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुन लागेको आयोजक समितिले जनाएको छ ।
आइतबारबाट सुरु भएको गोल्डकप फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । गोल्डकपमा तीन विदेशी टोलीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । 

प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित समाचार