२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : चार स्वर्ण पदक जित्दै एसएस निकेतन अगाडि

sajilo news
पार्थ मण्डल
२०७९ माघ २५ गते , बुधबार
भद्रपुरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : चार स्वर्ण पदक जित्दै एसएस निकेतन अगाडि

भद्रपुर । भद्रपुरमा जारी १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एसएस निकेतन अङ्ग्रेजी माविले चार स्वर्ण पद जित्दै अगाडि रहेको छ । भद्रपुर माविको खेल मैदानमा बुधवार सम्म भएको एथलेटिक्स खेलहरूतर्फ छात्र र छात्रा दुवै तर्फ गरी एसएस निकेतनले सात पदक जितेको चार स्वर्ण पद रहेको छ ।

त्यस्तै सगरमाथा माविले ५ पदक जितेकोमा ३ स्वर्ण निकाल्दै दोस्रो स्थानमा रहेको छ । भद्रपुर माविले ३ वटै स्वर्ण पदक मात्र जितेको छ ।  वीरेन्द्र माविले ९ पदक जितेकोमा दुई मात्र स्वर्ण पदक जितेको छ । चन्द्रभानु ज्योति माविले पाँच पदक जितेकोमा दुई स्वर्ण जितेको छ । हिमाली माविले सात पदक जितेको दुई स्वर्ण जितेको छ । मोरान मेमोरियलले ६ पदक, अरनिको माविले पाँच पदक जितेको छ ।

आज भएको ८०० मिटर दौडमा छात्रातर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः सगरमाथा माविकी सुस्मिता राई, वीरेन्द्र माविकी सुनिता र्मुर्मु र मोरान मेमोरियलकी सफिरा दर्जी भएकी छिन् । ८०० मिटर दौडमा छात्रतर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः वीरेन्द्र माविका रञ्जित राय, सगरमाथाका सन्तोष थापा र एसएस निकेतनका बबिन मगर भएका छन् । त्यस्तै २०० मिटर दौडमा छात्रातर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः भद्रपुर माविकी सुनिता टुडु, अरनिको माविकी शान्ति किस्कु र वीरेन्द्र माविकी सुनिता र्मुर्मु भएकी छिन् । २०० मिटर दौडमा छात्रतर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः हिमालीका नन्दकुमार गणेश, वीरेन्द्रका ओमप्रकाश गिरी र नेशनल मेरिगोल्डका कैलाश सिवाकोटी भएका छन् ।

त्यसैगरी लमजङ छात्रातर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः भद्रपुर माविकी सुनिता टुडु, अरनिको माविकी सम्प्रदा राई र सगरमाथाकी दिया बराल भएकी छिन् । लमजङ छात्रातर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः एसएस निकेतनका विकास राजवंशी, वीरेन्द्रका दीपेश राजवंशी र मोरानका प्रदीप राजवंशी भएका छन् । ट्रिपल जम छात्रातर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः हिमालकी पूजा राजवंशी, मोरानकी सफिरा दर्जी र अरनिकोकी रोनिशा राई भएकी छिन् । ट्रिपल जम छात्रतर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः एसएस निकेतनका विकास राजवंशी, मोरानका प्रदीप राजवंशी र वीरेन्द्रका सुजन सोरेन भएका छन् ।

त्यस्तै ४०० रिले छात्रातर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः सगरमाथाकी बिन्दा राई, चन्द्रभानु ज्योति माविकी रित्तीका थापा र मोरानकी सिता उराव भएकी छिन् । एथलेटिक्सतर्फ १५०० मिटर छात्र दौडमा एसएस निकेतनका विवेक लिम्बु प्रथम, अरनिको माविका इन्द्र मगर द्वितीय र वीरेन्द्र माविका सुनिराम हेमरम तृतीय भएका छन् । 

त्यस्तै १५०० मिटर छात्रा दौडमा सगरमाथा माविकी सुस्मिता राई प्रथम, वाइट स्टार स्कुलकी करिना साउदेन द्वितीय र हिमाली माविकी जमुना राजवंशी तृतीय भएकी छिन् । छात्रतर्फ १०० मिटर दौडमा एसएस निकेतनका विकास राजवंशी प्रथम, हिमाली माविका नन्टुकुमार गणेश द्वितीय र नेशनल मेरिगोल्डका कैलाश शिवाकोटी तृतीय भएका छन् । छात्रातर्फ १०० मिटर दौडमा भद्रपुर माविकी सविता टुडु प्रथम, अरनिको माविकी सम्प्रदा राई द्वितीय र चन्द्रभानु ज्योति माविकी रित्तीका थापा तृतीय भएकी छिन् । 

त्यसैगरी सटपुट थ्रोमा छात्रातर्फ चन्द्रभानु ज्योति माविकी सङ्गीता किस्कु प्रथम, मोरान मेमोरियलकी उर्मिला मर्डी द्वितीय र हिमाली माविकी एलिशा ठटाल तृतीय भएकी छिन् । सटपुट थ्रोमा छात्रतर्फ वीरेन्द्र माविका आकाश माझी प्रथम, चन्द्रभानु ज्योति माविका अञ्जान लिम्बु द्वितीय र हिमाली माविका दीपेश भण्डारी तृतीय भएका छन् । 

त्यस्तै ज्याभलिन थ्रोमा छात्रतर्फ पुहातु जनज्योति माविका रोहित राजवंशी प्रथम, एसएस निकेतनका पुकार लिम्बु द्वितीय र हिमाली माविका दीपेश भण्डारी तृतीय भएका छन् । ज्याभलिन थ्रोमा छात्रातर्फ चन्द्रभानु ज्योति माविकी सङ्गीता किस्कु प्रथम, एसएस निकेतनकी रिंकी हरिजन द्वितीय र वीरेन्द्र माविकी गंगा डाँगी तृतीय भएकी छिन् । 

भद्रपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा नगर क्षेत्रभित्रका सामुदायिक तथा निजी गरी २४ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाउने शिक्षा शाखाका योगेन्द्र पौडेलले जानकारी दिए । प्रतियोगितामा छात्रा र छात्रको छुट्टाछुट्टै फुटबल, भलिबल, कबडीसहित एथलेटिक्स खेलहरू भइरहेको छ । बढी स्वर्ण पदक ल्याउने विद्यालय नगर क्षेत्रमा उत्कृष्ट हुँदै स्वर्ण पदक ल्याउने खेलाडी मात्र जिल्लास्तरीय प्रतियोगितामा भाग लिने पौडेलले बताए । 

 

सम्बन्धित समाचार