२०८३ बैशाख ७ गते , सोमबार

रियललाई हराउँदै बार्सिलोना सेमिफाइनलमा

sajilo news
झापा
२०७९ माघ १२ गते , विहीबार
रियललाई हराउँदै बार्सिलोना सेमिफाइनलमा

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १–० ले हराएर बार्सिलोना अन्तिम चारमा पुगेको हो। बार्सिलोनाको जितमा ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे। डेम्बेलेले खेलको ५२ औं मिनेटमा गोल गरे।

यस्तै खेलको ४० औं मिनेटमा ब्रैस मेन्डेजले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा समेटिएको थियो। यस्तै ओसासुनाले समेत सेमिफाइनलमा स्थान पक्का गरेको छ।​ ओसासुनाले सेभियालाई अतिरिक्त समयमा २–१ ले हराएर अन्तिम चारमा पुगेको हो। 

सम्बन्धित समाचार