२०८० चैत्र १५ गते , विहीबार

जापानको एक अपार्टमेन्टमा आगलागी, चार जनाको मृत्यु

sajilo news
एजेन्सी
२०७९ माघ ८ गते , आईतबार
जापानको एक अपार्टमेन्टमा आगलागी, चार जनाको मृत्यु

टोकियो । जापानको कोबेस्थित एक अपार्टमेन्ट भवनमा आइतबार बिहान आगलागी हुँदा चार जनाको मृत्यु भएको छ। तीन जनाको अस्पातलमा उपचार भै रहेको अधिकारीहरूले बताएका छन्।

शहरको ह्योगो वार्डमा रहेको तीनतले आवासीय कम्प्लेक्सको छिमेकीहरूले बिहान १स्३५ बजे पहिलो तल्लाको झ्यालबाट कालो धुवाँ निस्किरहेको जानकारी गराएपछि अग्नि नियन्त्रकहरूले आवश्यक उद्धार गरेका थिए। कम्प्लेक्सको पहिलो तल्लामा बस्ने ७७ देखि ८६ वर्षका चारजना पुरुषको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको प्रहरी र अग्निनियन्त्रकहरूले बताएका छन्।

अस्पतालमा लगिएका अन्य चार पुरुषहरू मध्ये, ६० देखि ७० वर्ष उमेर समूहका तीनजना बेहोस रहेका र अस्पतालमा उपचार भइरहेको छ भने अर्का ४० वर्षका एकजनालाई जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ। सबै आठ व्यक्तिहरू भवनको पहिलो तल्लामा फेला परेका थिए, जहाँ केही बासिन्दाहरू ह्वीलचेयरमैं बाँधिएको पनि प्रहरीले जनाएको छ।

हाल ३० जना बसोबास गर्ने उक्त कम्प्लेक्स सन् १९६३ मा निर्माण गरिएको थियो । पेन्सन प्राप्तकर्ताहरू, सरकारी कल्याणको प्राप्तकर्ता बस्ने त्यहा बस्ने अधिकांश धेरै एक्लै हेरचाहकर्ताको साहारामा बस्ने गरेको बताइएको छ ।

स्थानीय फायर डिपार्टमेन्ट र बासिन्दाका अनुसार प्रत्येक तल्लामा फायर अलार्म र निभाउने उपकरणहरू जडान गरिएको थियो, अलार्मको साथ आगो निभाउने क्रममा ट्रिगर गरिएको हुनसक्ने पनि जनाईएको छ।

गत महिना भवनको आगो निभाउने प्रणालीको पछिल्लो निरीक्षणमा कुनै समस्या फेला परेन। ११ तला वा सोभन्दा बढी तलाको अपार्टमेन्ट भवनहरूको लागि मात्र कानूनी प्रावधान् रहेकोले आवश्यकता नदेखेर स्प्रिंकलरहरू कम्प्लेक्समा स्थापना गरिएको थिएन।

दोस्रो तल्लामा बस्ने ५४ वर्षीय पुरुष आगो लागेको भन्दै चिच्याएर हिडेपछि अर्की एक महिलाको सो आवाज सुनेर ब्युँझिएको बताईन । 'मेरो कोठा धुवाँले पूरै सेतो थियो र म भागेँ,' ती महिलाले भनिन, 'पहिलो तल्लाको एउटा कोठा चम्किलो रातो भै जलिरहेको थियो। मैले याद नगरेको भए म खतरामा पर्ने थिएँ।'

३०० वर्ग मिटरमा रहेको भवनको लगभग ६० वर्ग मिटर जलेआर क्षति भै पहिलो र दोस्रो तल्लामा सीमित रहेको अधिकारीहरूले भने।

सम्बन्धित समाचार