२०८३ बैशाख ५ गते , शनिबार

स्टार खेलाडीले भरिएका पीएसजी रेनेससँग पराजित

sajilo news
एजेन्सी
२०७९ माघ २ गते , सोमबार
स्टार खेलाडीले भरिएका पीएसजी रेनेससँग पराजित

स्टार खेलाडीले भरिएको पेरिस सेन्ट जर्मेन (पीएसजी) आइतबार राति फ्रेन्च लिग वानमा रेनेससँग पराजित भएको छ । रेनेसले घरेलु मैदानमा पीएसजीलाई १-० गोलले पराजित गरेको हो । हारसँगै पीएसजीको शीर्ष स्थानको अग्रता तीन अंकमा झरेको छ ।

केलियन एमबाप्पेलाई बेन्चमा राखेको पीएसजीले अग्रपंक्तिको जिम्मेवारी नेइमार, लियोनल मेसी र युवा खेलाडी ह्युगो इकिटिकेलाई दिएको थियो । तर, पाहुना टोली पीएसजीको रणनीति सफल हुन सकेन । अंक गुमाउनुपर्यो । रेनेसको जितमा हहमारी ट्राओरेले ६५औँ मिनेटमा गरेको गोल गरे ।

पीएसजीको १९ खेलबाट ४७ अंक छ । त्यो दोस्रो स्थानको लेन्सभन्दा तीन अंकले पछाडि हो । विजयी रेनेस १९ खेलबाट ३७ अंक जोडेर पाँचौँ स्थानमा छ ।

सम्बन्धित समाचार