२०८३ असार १४ गते , आईतबार

हल्दिबारीमा ९ बिगाहामा लगाइएको धानको कुन्यू जलेर खरानी

sajilo news
झापा
२०७९ पौष २३ गते , शनिबार
हल्दिबारीमा ९ बिगाहामा लगाइएको धानको कुन्यू जलेर खरानी

झापा । झापाको हल्दिबारी-४ काजली बजार नजिक करिब ९ बिगाहा क्षेत्रफलको धानको कुन्यू आगलागीबाट जलेर पूर्ण रुपमा नष्ट भएको छ। मध्य राति एकै पटक कुन्यूमा आगलागी भए पनि के कारण र कसले लगायो भन्ने यकिन हुन सकेको छैन। कसैले धानको कुन्यूमा आगो लगाइदिएको हुनसक्ने आशङ्का गरिएको छ ।

आगलागीबाट अग्नि सिवाकोटी,पदम सिवाकोटी,वडाराम हेमरम, रामप्रसाद ढकालको धानको कुन्यू पूर्ण रुपमा जलेर नष्ट भएको छ। आगलागीबाट करिब १२ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । भद्रपुर, बिर्तामोड र मेचीनगरबाट आएका ३ वटा दमकल, हल्दिबारी र जलथल प्रहरी चौकी साथै स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिएका छन्।

सम्बन्धित समाचार