२०८३ असार १४ गते , आईतबार

युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित

sajilo news
रासस
२०८३ असार १३ गते , शनिबार
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित

काठमाडौँ । युरोपका विभिन्न भागमा शनिबार कम्तीमा १९ करोड ३० लाख मानिसले ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको सामना गर्नुपर्ने अनुमान गरिएको छ ।

जर्मनीमा मात्र करिब ७ करोड ५० लाख व्यक्ति उच्च तापक्रमका कारण प्रभावित भएका थिए । एएफपीले प्राप्त गरेको तथ्याङ्कको विश्लेषण अनुसार उष्ण लहर पूर्वतर्फ सर्दै गरेकाले यो सङ्ख्या शुक्रबारको तुलनामा बढेको अनुमान गरिएको छ ।

टर्की बाहेकका युरोपमा शनिबार ४० करोड ४० लाखभन्दा बढी मानिसले ३० डिग्री सेल्सियसभन्दा माथिको अधिकतम तापक्रमको सामना गर्नेछन्, जुन शुक्रबारको तुलनामा केही कम हो ।

जर्मन मौसम विज्ञान सेवाको पूर्वानुमान र संयुक्त अनुसन्धान केन्द्रको सन् २०२५ जनसङ्ख्या प्रक्षेपणमा आधारित एएफपीको यो विश्लेषण अस्ट्रियन एनजीओ ‘क्लिमाड्यासबोर्ड’ को तथ्याङ्कसँग मिल्दोजुल्दो छ।

सम्बन्धित समाचार