२०८३ असार १४ गते , आईतबार

नारी सञ्चार गृह झापाकी शिवाकोटीलाई पितृशोक

sajilo news
झापा
२०७९ पौष २२ गते , शुक्रबार
नारी सञ्चार गृह झापाकी शिवाकोटीलाई पितृशोक

बिर्तामोड । पत्रकार महासंघ राष्ट्रिय परिषद सदस्य तथा झापा शाखा सदस्य एवम् नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीलाई पितृशोक परेको छ ।

उनका बुवा गंगाप्रसाद शिवाकोटीको शुक्रबार विहान साढे ४ बजे कनकाई- ५ लालपानीस्थित निजी निवासमा ८९ वर्षको उमेरमा निधन भएको हो ।

स्व।शिवाकोटीका दुई छोरी भीमा शिवाकोटी र गोमा शिवाकोटी रहेका छन् भने चार छोरा ज्ञानेन्द्र, इन्द्र, बासुदेव र नवराज शिवाकोटी छन् । उनकी पत्नी पम्फादेवी शिवाकोटी रहेकी छन् । स्व.शिवाकोटीको शुक्रबार दिउँसो १२ बजे कनकाई आर्यघाटमा पार्थिव शरीरको दाहसंस्कार गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार