२०८३ असार १४ गते , आईतबार

एक करोड बढीको अवैध औषधि र मदिरासहित एक पक्राउ

sajilo news
रासस
२०७९ पौष २२ गते , शुक्रबार
एक करोड बढीको अवैध औषधि र मदिरासहित एक पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले आज वीरगञ्जको छपकैयाबाट रु एक करोड ३४ लाखभन्दा बढीको अवैध औषधि तथा मदिरासहित एकजनालाई पक्राउ गरेको छ । 

वीरगञ्ज–२ छपकैयास्थित श्रीराम पिक्चर प्यालेस पछाडि रोकी राखेको ना ६ ख ७२६ नम्बरको मालवाहक कन्टेनरबाट औषधि तथा घरेलु मदिरासहित वीरगञ्ज–३० प्रसौनीका सदाम हुसैनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । हुसैनलाई आवश्यक कारबाहीका लागि राजस्श्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ ।

सम्बन्धित समाचार