२०८३ बैशाख ५ गते , शनिबार

झापामा प्रधानमन्त्री कप महिला टी-२० प्रादेशिक क्रिकेट छनोट प्रतियोगिता सुरु

sajilo news
झापा
२०७९ पौष २१ गते , विहीबार
झापामा प्रधानमन्त्री कप महिला टी-२० प्रादेशिक क्रिकेट छनोट प्रतियोगिता सुरु

झापाको मेचीनगरमा प्रधानमन्त्री कप महिला टी-२० प्रादेशिक क्रिकेट छनोट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । मेचीनगर–६ स्थित काँकडभिट्टा माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा झापाले विजयी सुरुवात गरेको छ । राष्ट्रिय महिला क्रिकेट टिमका सदस्यको वर्चस्व रहेको झापाले मोरङ महिला क्रिकेट टिमलाई १४७ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९७ रन बनाएको थियो । १९८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएका मोरङले १९.४ ओभरमा सबै विकेटको गुमाउँदै ४९ रनमै सीमित भए । खेलको म्यान अफ द म्याच विजेता टिमको तर्फबाट ३३ रन  २ ओभरमा १ विकेट लिएका लकिता राजवंशी घोषित भए ।

प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता यही पुस २९ गतेदेखि सुनसरीको इटहरीमा सञ्चालन हुने प्रदेश नं. १ क्रिकेट सङ्घका कोषाध्यक्ष बिरु श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज र भोलि हुने प्रदेश नम्बर १ स्तरीय छनोट खेलबाट १४ जना खेलाडी छनोट हुने छन् । तीनै १४ जना खेलाडीले प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नं. १ को टिमबाट खेल्नेछन् । 

सम्बन्धित समाचार