२०८२ बैशाख १६ गते , मंगलबार

झापामा मोटरसाइकलसँग दुई वटा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते 

sajilo news
पार्थ मण्डल
२०७९ पौष २० गते , बुधबार
झापामा मोटरसाइकलसँग दुई वटा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते 

झापा । झापाको कमलमा एउटा मोटरसाइकलसँग दुई वटा स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका- ७ निवासी ३८ वर्षीय नरेन्द्र सेलिङ रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका ५ स्थित लवडाडामा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र १-०१-०१६ प २०९४ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको मे २ प २१५७ नम्बरको मोटरसाइकल तथा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्र १-०१-०१५ प ७४८७ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक सेलिङ गम्भीर घाइते भई उपचारको लागि लाइफलाइन अस्पताल दमक पठाइएकोमा बाटोमा नै मृत्यु भएको डीएसपी पाठकले जानकारी दिए । मोटरसाइकल पछाडि सवार शिवसताक्षी नगरपालिका- ९ बस्ने २४ वर्षीय मनोज लिम्बु घाइते भएका छन् ।

उनको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । स्कुटर चालक इलाम चुलाचुली गाउँपालिका- १ बस्ने ३५ वर्षीय सन्तोष लिम्बु र अर्को स्कुटर चालक ओखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिका- २ बस्ने २४ वर्षीय तेजराज कटवालसहित तीन वटै सवारी साधन इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार