यी व्यक्तिलाई भेटेर बुझाए अख्तियारले ५० हजार दिने घोषणा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक फरार पुरुषको पहिचान गर्ने व्यक्तिलाई ५० हजार पुरस्कार दिने भएको छ। आयोगले पुस १३ गते मानिस पहिचान गर्नेबारे सूचना जारी गर्दै जुनसुकै स्थानमा जो कोहिले देखेर आधिकारिक पहिचान दिन सकेमा पुरस्कार दिने भनेको हो।
‘अन्दाजी ३५र४० वर्षको जस्तो देखिने नेपाली मूलको गहुँगोरो वर्णको पुरुष यस फोटोमा देखिएको व्यक्तिलाई देख्ने जो कोहीले खबर गरी भ्रष्टाचार अपराधको अनुसन्धान कार्यमा सहयोग गरिदिनु हुन यो सूचना प्रकाशित गरिएको छ,सबैभन्दा पहिले खबर गर्ने व्यक्तिलाई ५० हजार पुरस्कार प्रदान गरिनेछ,’सूचनामा भनिएको छ।
यी व्यक्तिविरुद्ध २०७५ सालअघि त्रिभुवन विश्वविद्यालय९त्रिवि०ले लिएको उत्तरपुस्तिका परीक्षण गरेको नक्कली कागजपत्र बनाएर त्रिविको खाताबाट करिब २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा भ्रष्टाचार मुद्दा परेको बुझिएको छ। तर,हालसम्म उनको नाम खुलाइएको छैन। थाहाखबरबाट