२०८३ असार १४ गते , आईतबार

सवारी दुर्घटनामा परी साइकल यात्रीको मृत्यु

sajilo news
सुनसरी
२०७९ पौष १८ गते , सोमबार
सवारी दुर्घटनामा परी साइकल यात्रीको मृत्यु

सुनसरीको वराहक्षेत्र नगरपालिका- ११ मधुवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ ७ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको साइकल यात्री वराहक्षेत्र- १० का २१ वर्षीय सोल्जा ठाकुर र विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्री भारत ग्राम पञ्चायत- ९ का २३ वर्षीय अजिम साफी एक अर्कासँग ठोक्किँदा दुर्घटना भएको थियो ।

सो क्रममा लड्दा विपरीत दिशाबाट आउँदै गरेको को १ त ४३७८ नम्बरको ट्याक्टरको ट्रलीको चक्काले साइकल यात्री ठाकुरलाई घिसार्दा घाइते भएका ठाकुरको उपचारको क्रममा विराट नर्सिङ अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय चतराले जनाएको छ । घटनामा संलग्न ट्याक्टर चालक ४५ वर्षीय भमेश्वर मेहता र ठक्कर दिने साईकलयात्री साफीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार