२०८३ बैशाख ५ गते , शनिबार

फ्रेन्च लिगमा पीएसजीको पहिलो हार

sajilo news
एजेन्सी
२०७९ पौष १८ गते , सोमबार
फ्रेन्च लिगमा पीएसजीको पहिलो हार

फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन पीएसजी दोस्रो स्थानको लेन्ससँग पराजित भएको छ।  गएराति लेन्सको मैदानमा भएको खेलमा पीएसजीले ३–१ गोलको हार व्यहोर्‍यो। लियोनल मेस्सी र नेयमारबिना मैदान उत्रिएको पीएसजीले सिजनकै पहिलो हार व्यहोरेको हो। 

लेन्सका लागि प्रेजीमाइस्ल फ्रान्कोवास्कीले पाँचौ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। आठौँ मिनेटमा ह्युगो एकितिकेले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए। तर २८औँ मिनेटमा लोइस ओपेन्डाले गोल गर्दै पुनः लेन्सलाई अग्रता दिलाए। 

खेलको ४७औँ मिनेटमा एलेक्सिस क्लाउडे मौरिसीले गोल गर्दै लेन्सलाई ३–१ गोलको जित सुनिश्चित गरे। पीएसजीविरुद्धको जितसँगै लेन्सले शीर्ष स्थानको अंक दूरी ४ मा झारेको छ।  १७ खेल खेलेको पीएसजीको ४४ अंक छ भने समान खेलबाट लेन्सले ४० जोडेको छ। 

सम्बन्धित समाचार