भद्रपुरको देउनियाँमा झापा अटो सञ्चालनमा
झापाको भद्रपुर नगरपालिका–१० स्थित देउनियाँमा झापा अटो सञ्चालनमा आएको छ । भद्रपुर-बिर्तामोड सडकसँगै जोडिएको झापा अटोको आइतबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले उद्घाटन गरेका छन् । चार कट्ठा जग्गा बहालमा लिएर विभुराज दाहाल र नेत्रकुमार राजवंशीले झापा अटो सञ्चालनमा ल्याएका हुन् ।
जग्गासहित करिब एक करोड २५ लाख रुपैयाँको लागतमा सञ्चालनमा आएको झापा अटोबाट सबै कम्पनीका ‘फोर ह्वीलर’ गाडी मर्मत गरिने सञ्चालक राजवंशीले जानकारी दिए ।
झापा अटोमा सर्भिसिङ, डेन्टिङ पेन्टिङ, स्पेयर्स पार्ट, वासिङ, होम सर्भिसको व्यवस्था रहेको जनाइएको छ । निकट भविष्यमै इलेक्ट्रोनिक सवारी साधनका लागि चार्जिङ स्टेसन समेत सञ्चालन गरिने सञ्चालक दाहालले बताए । कार्यक्रममा झापा उद्योग सङ्घका अध्यक्ष यमबहादुर श्रेष्ठ, उपाध्यक्ष दीपेश ढकाल लगायतको उपस्थिति रहेको थियो ।