२०८३ असार १४ गते , आईतबार
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
सुनसरीको कोसी गाउँपालिका- ८ स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । शनिवार अपराह्न ४ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको BR32AH6244 नम्बरको भारतीय मोटरसाईकलले ठक्कर दिँदा घाइते भएकी स्थानीय ५९ वर्षीय सितादेवी मुखियाको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनामा संलग्न मोटरसाइकल चालक भारत मधुवनी गाउँपालिका २६ का २२ वर्षीय अनिलकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।