२०८३ असार १४ गते , आईतबार

पानीमा डुबेर दुई जनाको मृत्यु

sajilo news
झापा
२०७९ पौष १७ गते , आईतबार
पानीमा डुबेर दुई जनाको मृत्यु

इलाम र सुनसरीको छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । इलाम नगरपालिका-१ साखेँजुङमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । आइतबार बिहान ८ बजे घरमा खेल्ने क्रममा आफ्नै बारीमा भएको पोखरीमा डुबेर घाइते भएकी हिमाल दाहालको २६ महिनाकी छोरी हिमान्सी दाहालको मृत्यु भएको छ । 

त्यस्तै सुनसरीको वराहक्षेत्र नगरपालिका- २ आठअर्डीमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो वनबाट दाउरा बोकेर घर आउँदा भङ्गालो तर्ने क्रममा अचानक पानीमा डुबेर घाइते भएका २८ वर्षीय नरबहादुर मगरको चतरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चतराले जनाएको छ । 

सम्बन्धित समाचार