२०८३ असार १४ गते , आईतबार

आज नेपाली टोपी दिवस मनाइँदै

sajilo news
झापा
२०७९ पौष १७ गते , आईतबार
आज नेपाली टोपी दिवस मनाइँदै

आज अंग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवद्र्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फुर्त रुपमा अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ ।

नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।

सम्बन्धित समाचार