२०८३ असार १४ गते , आईतबार

स्वीकृति बिना प्रहरीले नेता र कूटनीतिक व्यक्तिलाई भेटे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

sajilo news
झापा
२०७९ पौष १४ गते , विहीबार
स्वीकृति बिना प्रहरीले नेता र कूटनीतिक व्यक्तिलाई भेटे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

गृह मन्त्रालयले प्रहरीले कर्तव्यपालनको सिलसिलामा बाहेक अन्य समय नेता वा कूटनीतिक नियोगका कर्मचारीलाई भेटे कारबाही गर्ने चेतावनी दिएको छ।

बिहीवार विज्ञप्ति जारी गर्दै  शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षानिकायको रहेको भन्दै भेट्नै परे स्पष्ट प्रयोजन तथा विभागीय स्वीकृति लिएर मात्र  गर्नरगराउन तथा त्यसको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन भनेको छ।

विज्ञप्तिमा भनिएको छ, 'कतिपय पदाधिकारी कर्तव्यपालनको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरूले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए स्पष्ट प्रयोजन तथा विभागीय स्वीकृति लिएर मात्र गर्नुरगराउनुहुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउनुहुन अनुरोध छ।' थाहाखबरबाट साभार

सम्बन्धित समाचार