२०८२ बैशाख १३ गते , शनिबार

मेचीनगरमा सेवाग्राहीको काम नगर्ने कर्मचारीलाई कारबाही

sajilo news
झापा
२०७९ पौष १३ गते , बुधबार
मेचीनगरमा सेवाग्राहीको काम नगर्ने कर्मचारीलाई कारबाही

मेचीनगर । प्रमुख जिम्मेवारी सम्हालेका कर्मचारीहरूले नगरको काम कर्तव्यमा ढिलासुस्ती र समस्या पैदा गर्ने गरेको भन्ने जनगुनासो बढेपछि त्यसको समाधानका लागि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी एक्सनमा निस्केका छन् ।

सरकारी सेवासुविधा र तलब खाएका कर्मचारीले जनताको काम कुशलता पुर्वक निर्वाह गर्नुपर्ने हुन्छ । तर, मेचीनगर कार्यालयमा प्रमुख जिम्मेवारी सम्हालेका कर्मचारीले त्यसो नगरेको गुनासो दिनप्रतिदिन बढ्दै गइरहेको पाइएका कारण अब ती कर्मचारीहरूलाई त्यस्तो छुट नरहने बताए ।

जनताको काममा अवरोध पुर्याउने, अनावश्यक दुख दिने र जनप्रतिनिधिलाई कानुनसम्मत कार्यका लागि पनि विभिन्न बहानामा असहयोग गर्ने कर्मचारीलाई नगर प्रमुखको हैसियतले अब एक्सन लिने बताए ।

कार्यालयमा कुशलता पुर्वक काम गर्न इच्छा नहुने कर्मचारीलाई अन्यत्र जान बाटो खुल्ला गरिएको उनले बताए । नगरका अन्य शाखाबाट कार्यसम्पादन गरेर कार्यालय प्रमुख र लेखा शाखामा पुर्याइएको भएता पनि विभिन्न बहानामा दुख दिने गरेको स्थानीय सेवाग्राहीहरूको भनाइ छ ।

सम्बन्धित समाचार