२०८२ बैशाख १३ गते , शनिबार
गृहमन्त्री रवि लामिछाने जनताको सास्ती बुझ्न राहदानी विभाग पुगे

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेका छन्। गृहमन्त्री लामिछाने अनुगमनका लागि राहदानी विभाग पुगेका हुन्।
सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने कार्यालयमध्ये राहदानी विभाग पनि एक हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानी र सवारी चालक अनुमतिपत्र लिन लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य निर्णय गरेको थियो।
राहदानी विभागबाट पासपोर्ट बनाउन सेवाग्राहीले अत्यधिक सास्ती भोगिरहेका छन्। जिल्लाबाट बनाउँदा महिना दिन लाग्ने भएपछि सेवाग्राहीहरू द्रूत सेवा लिन काठमाडौं आउने गरेका छन्।