२०८२ बैशाख १३ गते , शनिबार
रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सभापतिमा पुनः गिरी

भद्रपुर । नेपाल रेडक्रस सोसाइटी, भद्रपुर उपशाखाको सभापतिमा गोपाल गिरी पुनः सर्वसम्मत निर्वाचित भएका छन् । सोसाइटीको आगामी दुइ वर्षे कार्यकालका लागि सभापति गिरीसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
समितिको उपसभापतिमा शर्मिला अधिकारी, सचिवमा केदार महत, कोषाध्यक्षमा रमेश भण्डारी, उपसचिवमा धनकुमारी खरेल (लता) र उपकोषाध्यक्षमा मन्जु दाहाल पोख्रेल निर्विरोध निर्वाचित भएका छन् भने सदस्यहरुमा मुरारी पोख्रेल, सीता भण्डारी, मित्रप्रसाद अधिकारी र विकास कोइराला तथा महिला सदस्यमा लता कार्की चापागार्इ पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । सभापति गिरी यसअघि पनि दुई कार्यकाल भद्रपुर उपशाखाको सभापति भइसकेका छन् ।