२०८२ बैशाख ९ गते , मंगलबार

पत्रकार लीला अनमोल सवारी दुर्घटनामा परी घाइते

sajilo news
झापा
२०७९ पौष १२ गते , मंगलबार
पत्रकार लीला अनमोल सवारी दुर्घटनामा परी घाइते

बिर्तामोड । झापाकी पत्रकार लीला अनमोल दुर्घटनामा परी घाइते भएकी छन् । मंगलबार बिहान ११:४५ बजे बिर्तामोडको सिटी सेन्टरअगाडिको पूर्वपश्चिम राजमार्गमा बिर्तामोड-५ निवासी अनमोल चढेको प्रदेश १-०१-०१५प ९१४० नं.को स्कुटरलाई दुई वटा सवारीसाधनले ठक्कर दिएका थिए ।

एकै दिशा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका युपी ३७ टी ७८१३ नं को भारतीय ट्रक र ना ५ ख ८११९ नं को यात्रुवाहक बसले स्कुटरलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, इन्स्पेक्टर अशोक जवेगुले बताए । ट्रकले ठक्कर दिएपछि स्कुटर बससँग ठोक्किएको जनाइएको छ । घाइतेको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक , बस र मोटरसाइकललाई नियन्त्रणमा लिइएको जवेगुले जानकारी दिए ।

सम्बन्धित समाचार