२०८२ बैशाख ९ गते , मंगलबार
गौरीगञ्जमा आगलागी, सात वटा खसी-बाख्रा जलेर मरे

झापाको गौरीगञ्ज गाउँपालिका- ३ स्थित सुदामभिट्टामा वैजनाथ यादवको गुवाहाली घरमा आगलागी भएको छ । आगो ताप्नेक्रममा सोमबार राति करिब ८ बजे यादवको गुवाहाली घरमा आगलागी भएको हो । आगलागीबाट दुई वटा लामो आकारको गुवाहाली घर, ७ वटा खसी-बाख्रा, सिरक डस्ना, परालको कुन्यू जलेर नष्ट गाउँपालिकाका ३ नम्बर वडा सदस्य सुशील राईले जानकारी दिएका छन् ।
गौरादह नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी र स्थानीयवासीहरुको सहयोगमा आगो निभाउने काम भइरहेको छ ।