२०८२ बैशाख १३ गते , शनिबार

भन्सार छलेर ल्याएको ९ लाख बढीको सामान बरामद

sajilo news
मोरङ
२०७९ पौष ११ गते , सोमबार
भन्सार छलेर ल्याएको ९ लाख बढीको सामान बरामद

मोरङको विराटनगर महानगरपालिका रानी एरियाका विभिन्न स्थानमा भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी गरी भित्रिएको सामानहरू प्रहरीले आइतबार सार्वजनिक गरेको छ।

अन्दाजी ९ लाख २६ हजार ९ सय २८ बराबरको लत्ताकपडा, खाद्यान्न सामाग्री, घरायसी सामान लगायतका सामाग्री ल्याई रहेको अवस्थामा प्रहरीले फेला पारी बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बरामद गरिएको सामानहरू आवश्यक कारबाहीको लागि भन्सार कार्यालय विराटनगर रानीमा बुझाइएको जनाएको छ ।

सम्बन्धित समाचार