२०८२ बैशाख ५ गते , शुक्रबार

पाउ पाथीभराको साधारण सभामा ज्येष्ठ नागरिकलाई सम्मान

sajilo news
झापा
२०७९ पौष १० गते , आईतबार
पाउ पाथीभराको साधारण सभामा ज्येष्ठ नागरिकलाई सम्मान

मेचीनगर । पूर्वको पवित्र धार्मिक तथा पर्यटकीय स्थल पाउ पाथीभराको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  मेचीनगर-१३ स्थित चारआलीमा रहेको पाउ पाथीभरा मन्दिरको वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।

मन्दिरको साधारण सभाको अवसरमा ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष तिलक गिरीको सभापतित्वमा आयोजना भएको कार्यक्रममा मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेती, मेचीनगर ११ का वडाध्यक्ष रुद्र डाँगी, मेचीनगर १४ का वडाध्यक्ष बाबुलाल सुब्बालगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको आतिथ्य रहेको थियो ।

सम्बन्धित समाचार