२०८२ बैशाख १६ गते , मंगलबार

झापाको गौरीगञ्जमा थ्रेसरसहित धान जल्यो

sajilo news
झापा
२०७९ पौष १० गते , आईतबार
झापाको गौरीगञ्जमा थ्रेसरसहित धान जल्यो

झापाको गौरीगञ्ज गाउँपालिका-६ स्थित डौवाबारीमा नगेन्द्र ढकालको धानमा आगलागी भएको छ । धानमा थ्रेसर लगाउने क्रममा आइतबार बिहान करिब ११ बजे आगलागी भएको हो । ढकालको पौन २ विगाह खेतको धान र बाबुराम राजवंशीको ट्याक्टर र थ्रेसर जलेर नष्ट भएको छ ।

स्थानीयको सहयोगमा केही धान मात्र जल्नबाट बचाएको पीडित ढकालले बताए । आगो निभाउन गौरादह दमक, इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएका प्रहरी र स्थानीयवासीले सहयोग गरेका थिए ।

सम्बन्धित समाचार