२०८२ बैशाख ५ गते , शुक्रबार
साउदीमा धनकुटाका मुकेशको हृदयघातबाट मृत्यु

साउदी । वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका एकजना नेपालीको निधन भएको छ । मृत्यु हुनेमा धनकुटा ७ का मुकेश राईको हृदयघातबाट मृत्यु भएको छ।
राई रोजगारको क्रममा साउदीको पूर्वी प्रान्त अलखोबर(दमामा शहरमा १० वर्षअघि प्रतिष्ठित सुपर मार्केटमा काम गर्दै आएका थिए भने गत १७ डिसेम्बर मध्यान्ह करिब १२ः४० हृदयघातका कारण अस्पताल पुग्न नपाउँदै बाटोमै मृत्यु भएको थियो।
कम्पनीमा सँगै काम गर्ने मेखबहादुर मैनालीका अनुसार मृतक राईले सुरुमा मुटु दुख्ने समस्या देखाए लगतै अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो। अस्पिटले हृदयघातबाट राईको मृत्यु भएको पुष्टि गरेको छ। राईको शव नेपाल पठाउने गृहकार्य भइरहेको छ। राईकी श्रीमती र एक छोरा छन ।