२०८३ असार १३ गते , शनिबार

बिजुलीको पोलबाट करेन्ट लाग्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते 

sajilo news
झापा
२०७९ पौष ८ गते , शुक्रबार
बिजुलीको पोलबाट करेन्ट लाग्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते 

उदयपुरको त्रियुगा नगरपालिका-१५ ज्यामिटार स्थितमा करेन्ट लागेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । मृत्यु हुनेमा २८ वर्षीया पार्वती विश्वकर्मा रहेकी छन ।

बिहीबार बिहान साढे १० बजे आफ्नै बारीमा कोदो टिप्ने क्रममा बिजुलीको पोलमा छुँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।  उनका श्रीमान् रुपेश विश्वकर्मा श्रीमतीलाई बचाउन खोज्दा उनलाई पनि करेन्ट लागेर घाइते भएका थिए ।  घाइते विश्वकर्माको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

सम्बन्धित समाचार