२०८३ बैशाख ३० गते , बुधबार
मेचीनगरमा ४५ ग्राम ब्राउन सुगरसहित भारतीय कारोबारी पक्राउ
मेचीनगर। प्रहरीले ठुलो मात्रामा लागू औषधसहित एक भारतीय कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल दार्जिलिङ नक्सालवारि ग्राम पञ्चायत कवलाजोत बस्ने २३ वर्षीय सारदिन महमद रहेका छन् ।
बुधवार साँझ ६ बजे मेचीनगर नगरपालिका- १० कनिष्का धर्मकाटामा इलाका प्रहरी कार्यालय धुलाबारी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट ४५ ग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।