२०८३ असार १३ गते , शनिबार
ट्रकको ठक्करबाट सह-चालकको मृत्यु
तेह्रथुमको म्याङ्लुङ नगरपालिका- ७ मा ट्रकको ठक्करबाट सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्ली गाउँपालिका- ४ उदयपुरका २५ वर्षीय दीपक राउत रहेका छन् । मङ्गलवार बिहान प्रदेश नम्बर १-००२-००२ ख ८४५१ नम्बरको ट्रकबाट किराना पसलको सामान झार्ने क्रममा सहचालक राउतलाई ट्रकको पछाडिको भागले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट घाइते भएका राउतको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न ट्रक र चालक खगेन्द्र कोइरालालाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिएको छ ।