२०८३ असार १३ गते , शनिबार

भद्रपुरमा बिहीबार स्थानीय बिदा

sajilo news
झापा
२०७९ पौष ५ गते , मंगलबार
भद्रपुरमा बिहीबार स्थानीय बिदा

भद्रपुर । भद्रपुर नगरपालिकाले बिहीबार स्थानीय बिदा दिने भएको छ  । नगरपालिकाको सातौँ नगर सभाले प्रत्येक पुस ७ गतेका दिन बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवस मनाउने र उक्त दिन स्थानीय बिदा दिने निर्णय अनुसार बिहीबार स्थानीय बिदा दिने निर्णय गरिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

सो दिन वारुणयन्त्र र सरसफाइबाहेक नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, पालिकाका अन्तरगतका निकाय र सबै विद्यालयहरु बन्द रहने सूचनामा उल्लेख छ ।  

सम्बन्धित समाचार