२०८३ असार १३ गते , शनिबार

झापाका प्रहरी प्रमुख पोखरेलको सरुवा, रेग्मी आउँदै 

sajilo news
झापा
२०७९ पौष ५ गते , मंगलबार
झापाका प्रहरी प्रमुख पोखरेलको सरुवा, रेग्मी आउँदै 

झापा । जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी प्रमुखमा एसपी दुर्गाराज रेग्मी आउने भएका छन् । हाल जिल्लामा कार्यरत एसपी विश्वमणि पोखरेललाई मानव स्रोत विकास विभागमा पठाउँदै प्रहरी प्रधान कार्यालयले एसपी रेग्मीलाई झापामा पठाउन हुन् । रेग्मी अपराध अनुसन्धान शाखा काठमाडौँमा कार्यरत थिए ।

उनको लागि झापा जिल्ला नयाँ होइन ।  २०७३ सालमा उनी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा डीएसपी भएर आएका थिए । उनको घर सुनसरी हो । प्रहरी प्रधान कार्यालयले झापासहित आठ जिल्लामा काज सरुवामार्फत नयाँ प्रहरी प्रमुख पठाएको हो । 

सम्बन्धित समाचार