२०८१ माघ २५ गते , शुक्रबार

कति छ विश्वकप फुटबलको पुरस्कार राशि ?

sajilo news
एजेन्सी
२०७९ पौष २ गते , शनिबार
कति छ विश्वकप फुटबलको पुरस्कार राशि ?

झापा । कतार विश्वकपमा पनि पुरानै विजेता दोहोरिने भएका छन्। सन् १९३० देखि सुरु भएको विश्वकपमा अहिलेसम्म जम्मा आठ राष्ट्रले मात्रै पालैपालो विश्वकप ट्रफी उचालिरहेका छन्। यस पटक पनि साबिक विजेता फ्रान्स र अर्जेन्टिना फाइनलमा पुगेका छन्।

यस पटक पनि पुरानै विजेताको निरन्तरता हुनेछ। फ्रान्स सन् १९९८ र २०१८ को विजेता हो। यसैगरी अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी उचालेको थियो। 

कतार विश्वकपमा झन्डै ४४ करोड डलर पुरस्कारका रूपमा छुट्ट्याइएको छ। जसमध्ये विजेताले ४ करोड २० लाख, उपविजेताले ३ करोड, तेस्रो हुनेले २ करोड ७० लाख र चौथो हुनेले २ करोड ५० लाख डलर प्राप्त गर्ने छन्। 

यस्तै क्वार्टरफाइनलसम्म पुग्ने टोलीले १ करोड ७० लाख, अन्तिम १६ सम्म पुग्ने टोलीले १ करोड ३० लाख र बाँकी १६ टोलीले ९० लाख डलर पाउनेछन्।

फिफाको आम्दानी कति ?

कतार विश्वकपबाट विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई ४।६ अर्ब डलरभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ। यसमध्ये सबैभन्दा ठूलो हिस्सा टेलिभिजन प्रसारणको अधिकार बिक्रीबाट प्राप्त गर्ने जनाइएको छ। 

फिफाले टेलिभिजन प्रसारणको अधिकार बिक्रीबाट कुल आम्दानीको ५६ प्रतिशत अर्थात् झन्डै २।७ अर्ब डलर कमाउने जनाइएको छ। यस्तै २९ प्रतिशत अर्थात् १।३ अर्ब डलर विज्ञापनबापतबाट कमाउनेछ। यस्तै टिकट बिक्रीलगायतबाट करिब ६ सय ७५ मिलियन डलर आम्दानी गर्नेछ। 

सम्बन्धित समाचार