२०८१ माघ २७ गते , आईतबार
२०२६ विश्वकप फुटबलमा ४८ टोली, १६ समूहमा बाँडिन्छन्

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आगामी विश्वकपको फर्म्याट बारे पुनर्विचार गर्ने बताएका छन्। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष इन्फान्टिनोले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा हुने विश्कपको फर्म्याटबारे पुनर्विचार गर्ने बताएका हुन्।
उनले प्रतियोगितामा ४८ टिमलाई सहभागी गराउने र हरेक समूहमा ३ टोली रहने गरी १६ वटा समूह बन्न सक्ने बताए। जसबाट शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन्।
चार टिम सहभागी १२ वटा समूह पनि निर्माण गर्न सकिने उनको भनाइ छ। अहिले विश्वकपमा ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। जसमध्ये दुई शीर्ष टोली नकआउट चरणमा प्रवेश गर्छन्। उनले कतार विश्वकप अन्तिम चरणमा पुग्दै गर्दा अविश्वसनीय सफलता प्राप्त गरेको पनि बताए।